ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

३४ वर्षीया युवती बनिन् फिनल्याण्डको प्रधानमन्त्री

३४ वर्षीया युवती बनिन् फिनल्याण्डको प्रधानमन्त्री

स्पेस संवाददाता

एजेन्सी, २३ मंसिर । नेपालका राजनीतिक दलका नेतृत्व राज्य सरकारको नेतृत्वमा पुग्दा केश पुलिसक्ने भन्दै बहस, चर्चा चलिरहेका बेला फिनल्याण्डमा भने ३४ वर्षीया महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् ।प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । मरिन यसअघि यातायात मन्त्री थिइन् ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । ‘हामीले विश्वासलाई पुनर्जीवित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु ।’उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् । फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ । त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन् ।