images
images

स्वीडेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं, ११ साउन । स्वीडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगितामा सुरूआतबाटै रवाफिलो प्रदर्शन गर्दै आएको स्वीडेनमाथि घरेलु टोलीले ४–० को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो।

इंग्ल्याण्डस्थित ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे।

पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। खेलको ३४ औं मिनेटमा बथ मिडले गोल गर्दै इंग्ल्यान्डलाई सुरूआती अग्रता दिलाएकी थिइन्।

पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप आक्रमक खेल खेल्यो। दोस्रो हाफको शुरूमै अग्रता दोब्बर पार्‍यो। खेलको ४८औं मिनेटमा लुसी ब्रन्जले हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। ६८औं मिनेटमा एलेसिया रूसोले तेस्रो गोल गरेपछि इंग्ल्यान्ड सहज जिततर्फ अग्रसर बन्यो। ७६औं मिनेटमा फ्रान किर्विले गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जितसहित उपाधिनजिक पुर्‍याईन्।

अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग ३१ जुलाईमा प्रतिस्पर्धा गर्नेछ।

सन् २००९ पछि इंग्ल्याण्डको महिला टिम कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो। यसअघि इंग्ल्यान्ड सन् १९८४ र सन् २००९ मा फाइनलमा प्रवेश गरेको थियो। तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

अब इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग साउन १५ मा प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र जर्मनीबीच आज दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS