images

कर्णाली प्रदेशमा एमाले उम्मेदवारहरु यी हुन

सुर्खेत, २० असोज । नेकपा एमालेले कर्णाली प्रदेशका अधिकांश जिल्लामा आफ्ना उम्मेदवारहरु टुंगो लगाएको छ । एमालेले सल्यानवाहेक कर्णालीका सबै जिल्लाबाट संघीय प्रतिनिधि र प्रदेश सभामा उठाउने उम्मेदवारहरु चयन गरेको जनाएको छ ।

एमालेले सल्यान जिल्लाबाट प्रतिनिधि सभामा उठ्ने उम्मेदवार भने अझै टुंगो लगाउन सकेको छैन । तर, सल्यानबाट प्रदेश सभामा उठाउने उम्मेदवार भने चयन गरिसकेको स्रोतको दावी छ । एमालेले सल्यानबाट प्रदेश सभामा गुलावजंग शाह र कुलबहादुर गिरीलाई उठाउने भएको छ ।

त्यसैगरी नेकपा एमालेले जाजरकोटबाट प्रतिनिधि सभामा निरज आचार्य र प्रदेश सभातर्फ डम्बर सिंह र खिमबहादुर शाहीलाई चयन गरेको छ ।

त्यस्तै सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट ध्रुव कुमार शाही तथा प्रदेश सभातर्फ ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा उम्मेदवार चयन भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ मा अमृत विसी र प्रदेश सभातर्फ यामलाल कंडेल र ताराकेशर गौतमले टिकट पाएका छन् ।

दैलेख जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रविन्द्रराज शर्मा तथा प्रदेश सभातर्फ धर्मराज रेग्मी र प्रेम थापाले टिकट पाएका छन् भने क्षेत्र नम्बर २ मा लक्ष्मी पोखरेल तथा प्रदेश सभातर्फ तिलकप्रसाद रिजाल र विनोद कुमार शाह उम्मेदवार चयन भएका छन् ।

जुम्लामा प्रतिनिधि सभामा रतननाथ योगी र प्रदेश सभातर्फ टेकराज पर्छाइ र धीरेन्द्रराज गिरी उम्मेदवार चयन हुँदा हुम्लामा प्रतिनिधि सभामा दल रावल तथा प्रदेश सभामा दल फडेरा र अर्कोमा छलफल जारी रहेको छ ।

डोल्पाबाट प्रतिनिधि सभामा गणेश शाही तथा प्रदेश सभामा शेरबहादुर बुढा र धनचन्द्र वैजीले टिकट पाएका छन् ।

मुगु जिल्लामा प्रतिनिधि सभामा राजु कार्की र प्रदेश सभामा जित बहादुर मल्ल र कर्ण बहादुर मल्लले टिकट पाएका छन् । रुकुम पश्चिममा प्रतिनिधि सभामा नन्दलाल शर्मा तथा प्रदेश सभामा नारायण शाह र कर्ण बहादुर घर्ती उम्मेदवार चयन भएका छन् ।

कालिकोट जिल्लामा प्रतिनिधि सभामा नागेन्द्र शाही तथा प्रदेश सभातर्फ कृष्ण आचार्य र विरेन्द्र वोगटी उम्मेदवार छनोट भएका छन् ।