images
images

महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। दुई समुदायका वीचमा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले दिउँसो ३ बजेबाटै अर्को आदेश जारी नभएसम्म कर्फ्यु लगाएको हो ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भंगहा नगरपालिका– ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको बताए ।

हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा दिउँसो हिंसा भड्किएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो। अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS