
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।
इञ्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेकाले उनको त्यस पार्टीसँग संलग्नता रहे नरहेबारे जानकारी दिन स्पष्टीकरण मागेको हो ।
आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।