ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सन्दीपको मुद्दामा मंसिर ७ गते बकपत्र

सन्दीपको मुद्दामा मंसिर ७ गते बकपत्र

स्पेस संवाददाता

बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बकपत्र गराउन अदालतले मंसिर ७ गते बोलाएको छ ।

यसअघि प्रहरीले सोधपुछ गरेका व्यक्तिलाई अदालतले बकपत्रका लागि बोलाउन भनेको हो ।

अदालतले सन्दीपका सहकर्मी क्रिकेटर देव खनाल र साहव आलमलाई मंसिर ७ गते बकपत्रका लागि झिकाउन सरकारी वकिल कार्यालयलाई प्रहरीमार्फत झिकाउन भनेको हो ।

यसअघि प्रहरीले सोधपुछ गरेका अन्य व्यक्तिलाई पनि सोही मितिमा बकपत्रका लागि बोलाउन अदालतले आदेश दिएको छ ।