ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

स्पेस संवाददाता

बागलुङ। मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ।

जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन्।