images
images

चिनियाँ सेनालाई ‘युद्धका लागि तयार रहन’ राष्ट्रपति सी जिनपिङको आदेश

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार रहन’ आदेश दिएका छन्।

उनले सम्बोधनका क्रममा चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको पनि उल्लेख गरेका छन्।

यसलाई मनन गर्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउने, युद्धको तयारी र युद्ध लड्नका लागि आदेश दिएका हुन्।

६९ वर्षीय सी चिनफिङलाई सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा फेरि नियुक्त गरिएको छ।

सी चिनफिङ एकसाथ तीन सबैभन्दा शक्तिशाली पदमा आसिन छन्। उनी पार्टी र सेना प्रमुखसँगै चीनका राष्ट्रपति पनि हुन्। हालै मात्र उनी तेस्रो कार्यकालका लागि राष्ट्रपति पदम चुनिएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार उनले मंगलवार सीएमसीको संयुक्त अभियान कमान केन्द्रको निरीक्षण गरेका थिए।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार उनले चीनको पूरै सेनाले अब युद्धको तयारी, लड्ने र जित्ने क्षमता बढाउन आफ्नो सारा शक्ति प्रयोग गर्न जरुरी रहेको पनि बताएका छन्।