images

सभामुख घिमिरेले लिए शपथ

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन् । २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई मतविभाजनमा लैजाँदा उपस्थित २ सय ६८ सांसदमध्ये १ सय ६७ सांसदले पक्षमा मत दिएका थिए ।