images

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।

गजुरेल नेकपा माओवादीका उपमहासचिव समेत हुन । प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रका नेता सन्तु दराई प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकिय सचिवमा नियुक्त भइसकेका छन् ।