images
images

अनेसास पोर्चुगलले सुरु गर्यो- अनेसास अन्तरंग

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , पोर्चुगल च्याप्टरले मासिक साहित्यिक कार्यक्रम ‘अनेसास- अन्तरंग’ सुरु गरेको छ ।

नेपाली भाषा र साहित्यलाई प्रवर्धनगर्दै सिर्जना संप्रेषण गर्ने उदेश्यले सुरु गरिएको उक्त कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजादेखि केन्द्रीय कार्यसमितिका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौलाले शुभकामना दिएर थप हौसला प्रदान गरे । उनिहरूले केन्द्रीय कार्यसमितिले यस्ता कार्यक्रम गर्ने च्याप्टरहरूलाई आवश्यक साथ र समर्थन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा अनेसास बोर्डअफट्रस्टी सल्लाहकार रोहिणि शर्मा र उपाध्यक्ष पदम विश्वकर्माले अनेसासको विधानलाई पालनगर्दै अनेसास स्थापनाको उदेश्यलाई साकार पार्ने काममा च्याप्टरको महत्वपूर्ण भूमिका रहने बताए ।

पोर्चुगल च्याप्टर अध्यक्ष सवि श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उर्मिला निर्दोषी, अग्नि पराजुली, सम्झना आचार्य, तारा उप्रेती, गंगा लिगल, माया गुरूङ, एन बि अञ्जान, गोमा रेग्मी, प्रकाश पाण्डे, रेवती अधिकारी, निवेदिता बराललगायतले सिर्जना वाचन र मन्तव्य व्यक्त गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS