
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो ।
प्रदेश सभा बैठकमा छलफलका लागी एजेण्डा केही नभएकाले बैठक स्थगित गरिएको बोगटीले बताउनुभयो ।