
विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि बोलाइएको छ ।
पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।