images

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबिच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न ओली प्रधानमन्त्री निवास पुगेका हुन् ।

भेटवार्तामा नागरिकता विवादका कारण गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।

नागरिकता विवादका कारण गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले सकारात्मक देखिएको छ ।

त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् ।