images

‘नेपाली केटी’ एप प्रयोग गरि बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने ८ जना पक्राउ

काठमाडौं । संगठित रुपमा बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

उनिहरुले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।

उनिहरुलाइ काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरुको साथबाट नौं थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।