images

उत्पादित तरकारी प्रतिकेजी ५ रुँपैयामा पनि बिक्री नभएपछि सडकमा तरकारी फालेर चितवनका किसान आन्दोलित

काठमाडौं । चितवनमा उत्पादित तरकारी बिक्री नभएको भन्दै किसानले नारायणगढका सडकमा तरकारी फालेर विरोध गरेका छन् ।

भारतीय तरकारीले नेपाली तरकारी बजार विस्थापित गरेको भन्दै किसानहरुले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेका हुन् ।

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरुले लगाएका छन् ।

उत्पादित तरकारी बिक्री गर्न नसकेपछि बाध्य भएर सडकमा फाल्नुपरेको किसानको गुनासो छ । खेतमा तरकारी कुहिएर जाँदा पनि सरकारले उचित पहल नचालेको भन्दै किसान आक्रोशित बनेका छन् ।

आफुले उत्पादन गरेको तरकारी ५ रुँपैया प्रतिकेजीमा पनि बिक्रि नभएपछि बाध्य भएर आफुहरु आन्दोलनमा उत्रनु परेको किसान बताउछन् ।