images

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेका सञ्चारमन्त्री शर्माको दावी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गर्नु भएको छ ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको बताउनुभयो ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावका साथ अघि बढनुपर्नेमा जोड दिनु भयो ।