images

न्युनतम साझा कार्यक्रमको कार्यान्वयनका लागि एकीकृत रुप दिइयो

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रपिरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकले सबै मन्त्रालयहरुले बनाएको कार्ययोजनालाई एकीकृत रुप दिएको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आ–आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए ।

एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका आधारमा कार्यान्वयन गरिने बताइएको छ ।