images

युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेकी छिन् ।
भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नेछिन् ।

नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि उनी नेपाल भ्रमणमा आएकी काठमाडौँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।