images

विप्वल समूहले फागुन ५ र १५ गते देशव्यापी बिरोध गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्वल समूहले फागुन ५ गते र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बिरोधको घोषणा गरेको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताउनु भयो । उहाँले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताउनु भयो ।

प्रवक्ता विश्वकर्माले राज्यले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमति अनुसार जेलमा रहेका नेताहरु रिहा हुनुपर्ने माग गरेको बताउनु भयो ।