
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ सय रूपैयाँले बढेर एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।