
काठमाडौं । नेपालि बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १३ सय रूपैयाँले घटेर एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला एक लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ३० रूपैयाँले घटेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।