images

यो साता सुन २५ सय र चाँदी ७५ रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा यो साता सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा २ हजार ५०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको छ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ कायम थियो । जुन, २ हजार ५०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन नै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यस्तै, सोमबार तोलामा ५०० ले बढेको सुन मंगलबार स्थिर कायम भएको थियो । बुधबार पुनः ३०० ले बढेको सुनको मूल्य विहीबार १०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार एकै दिन तोलामा १३ सय ले घटेको हो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबार तोलामा १२ सय ९० रुपैयाँ कायम भएको छ ।