images

यो साता ८८ अङ्कले बढ्यो सेयर बजार, साढे १२ अर्ब बढीको कारोबार

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८८ अङ्कले बढेर बन्द भएको छ ।

नेप्सेमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि आएसँगै परिसूचक २१८२ अङ्कमा पुगेर रोकिएको छ । गत साताको शुक्रबार नेप्से परिसूचक २०९४ अङ्कमा कायम थियो । यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये ४ दिन नेप्से परिसूचक बढेसँगै ४ प्रतिशतभन्दा बढीको सुधार आएको हो ।

साताका ५ दिनमध्ये बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसक्रममा यो साता साढे १२ अर्ब बढीको कारोबार भएको छ ।

गत साताभर १३ अर्ब बढीको कारोबार भएको थियो । जुन, यो सातामा भएको कारोबारको तुलनामा ५० करोड बढी हो । परिसूचक बढेसँगै बजार पुँजीकरण समेत बढेको छ ।

यो साता बजार पुँजीकरण १ खर्ब २७ अर्ब रुपैयाँ बढेर २१ खर्ब ४९ अर्ब रुपैयाँ कायम भयो ।

गत साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ थियो । यसका साथै, यो साता सेन्सेटिभ इन्डेक्स ४.२८ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६३ प्रतिशत बढेको छ ।