images

केटीएम बाईकको अपग्रेड भर्जन केटीएम एडभेन्चर २५० सार्वजनिक

काठमाडौं । केटिएम बाईको आधिकारिक विक्रेता हंशराज हुलास एण्ड कम्पनीले केटीएम बाईकको अपग्रेड भर्जन केटीएम एडभेन्चर २५० सार्वजनिक गरेको छ ।

आज सो बिक्रेताले बाईकका पारखीहलाई बोलाएर नया बाईकको टेस्ट ड्राईब गराउदै नया भर्जन केटीएम एडभेन्चर २५० सार्वजनिक गरेको हो ।

काठमाडौको हात्तिवनमा सम्पन्न उक्त टेस्टड्राईभमा उत्कृष्ट टप ९ हुनेले पुरस्कारमा जित्न सफल भएका छन् । उक्त बाईकमा विभिन्न नयाँ फिचरहरु रहेकोले एडभेन्चर राईडमा सहज हुने आयोजकको भनाई छ ।

उक्त बाईकमा कुनैपनि प्रकारको मोडिफिकेसन नभएकाले बाइकका पारखीलाई मन पर्ने आयोजकले जनाएको छ ।