images

सरकारद्वारा चालु आर्थिक वर्षको बजेट संशोधन, बजेटको आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको आइतवारको बैठकमा चालु आर्थिक वर्ष २०७९ ८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार दुई खर्ब ४४ अर्ब रुपैयाँले कटौती गरिएको जानकारी दिए । ।

अर्थ मन्त्री पौडेलले बजेट संशोधन गरेर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झारेका छन् ।

अब १० खर्ब २१ अर्ब रुपैयाँमा झारिएको छ । यस्तै, अहिले तीन खर्ब १३ अर्ब रुपैयाँमा झारिएको अर्थ मन्त्री शर्माले जानकारी दिए ।

सरकारले राजस्व सङ्कलन र आन्तरिक ऋणको लक्ष्य पनि घटाएको छ । यसअघि १४ खर्ब ९६ अर्ब राजस्व र आन्तरिक ऋण सङ्कलनको लक्ष्य लिइएकोमा अहिले संशोधन गरेर १३ खर्ब ४१ अर्ब रुपैयाँमा झारिएको छ ।

यस्तै ५५ अर्ब रुपैयाँको वैदेशिक अनुदानको लक्ष्य रहेकोमा यसलाई घटाएर अर्थ ३८ अर्ब ४५ करोड रुपैयाँमा झारिएको छ । । यस्तै बजेटमा दुई खर्ब ४२ अर्ब रुपैयाँ वैदेशिक ऋणको लक्ष्य लिइएकोमा अहिले संशोधन गरेर एक खर्ब ७० अर्ब रुपैयाँमा झारिएको पौडेलले जानकारी दिए ।

अर्थ मन्त्री पौडेलले सरकारले फजुल खर्च रोक्नका लागि विभिन्न निर्देशन र कार्यविधि जारी गरेको विषय पनि संसद्लाई जानकारी दिनुभएको छ ।