images

सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ ।

सूचना जारी गरी राष्ट्र बैंकले सरकारले जनयुद्ध दिवसका अवसरमा बिदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।

सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सहज नापउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।