images

शेयर बजारमा १६ अंकको गिरावट, १ अर्ब ७८ करोड रुपैयाँको कारोबार

काठमाडौं । शेयर बजार आज मङ्गलवार १६ अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कलेले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेको छ । आज उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।

बजार घटेको दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख र ङादी ग्रुप पावरको ७ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बाराही हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ ।