images

निरन्तर ओरालो लाग्दै सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार बुधवार पनि घटेको छ ।

मंगलवार १६ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको हो ।

बुधवार सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।

दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भएको छ । गरिमा डिबेन्चर २०८५ को शेयर १० प्रतिशतले र विजय लघुवित्त र माहुली लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।