images

१ वर्षपछि १२ प्रतिशत महँगी बढ्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ ।

करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशतले बढ्ने देखिएको हो ।

राष्ट्र बैंकले२०२३ को जनवरी ८ देखि १४ सम्म देशका ६० सहरमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ती सहरका २ हजार १० जना सहभागी थिए । सहभागीहरूमध्ये धेरैले आगामी १ वर्षपछि देशमा महँगी दर १२ प्रतिशतसम्मले बढ्ने अपेक्षा गरेका छन् ।

यस्तै, अधिकांशले आगामी ३ महिनामा महँगी १० प्रतिशतले बढ्ने अपेक्षा गरेका छन् । सर्वेक्षणमा सहभागीहरूले माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेष्टुरेन्टहरुमा महँगी बढी हुने अपेक्षा सहभागीहरूको छ ।