images

बालेनसँग जरिवाना नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग तत्काल जरिवाना नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

निर्वाचन विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि त्यसविरुद्ध बालेन सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले वुधबार आयोगका नाममा कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्यालले भने, ‘सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको छ तर पूर्ण पाठ आएको छैन ।’