images

सातामा प्रतितोला १ हजार १०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरको सुनको मूल्य निर्धारण गर्दै ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो दिन आइतबार नै सुनको मूल्य बढेर कारोबारमा आएको थियो ।

आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २००/२०० रुपैयाँ घटेको थियो । यस्तै, बिहीबार ६०० रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा १२ सय ७५ रुपैयाँ कायम भएको छ ।