images

दुर्गा प्रसाईलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।

प्रदेश नंं १ को शुक्रबार बसेको एमाले प्रदेश कमिटीको बैठकले प्रसाईसहित ८१ जना प्रदेश कमिटी सदस्यलाई पार्टीबाट कारबाही गर्न सिफारिस गरेको हो ।

प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकाल्न केन्द्रसँग अनुरोध गरेको छ । त्यस्तै, स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय सदस्य प्रसाईले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’ को उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए ।

त्यसयता प्रसाई विवादमा परेका हुन् । एमाले नेता प्रसाईंले पार्टीमा रहेर राजतन्त्रको पक्षमा वकालत गर्न थालेकाले निष्कासन गर्न सिफारिस गरिएको प्रदेश कमिटीले जनाइएको छ ।