images

फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो।

आज चाँदीको मूल्य समेत बढेको छ। तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ।