images

राष्ट्र बैंकले १३ अर्ब २३ करोड बढिको ट्रेजरी बिलको बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेबाट सुरू गर्न लागेको हो । यसअघि नै जारी सूचनाअनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी बिक्री गर्न लागिएको हो ।

कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।