images

भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरेको १५ सय कुखुराका चल्ला नष्ट

काठमाडौं । कपिलवस्तुमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ ।

सोमबार १५ सय कुखुराका चल्ला चल्लालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएर नष्ट गरेको हो । कृष्णनगर(१२ बेदर्मीको बाटो हुँदै नेपाल छिर्दै गरेको सूचनाको आधारमा सोमबार चल्लालाई प्रहरीले नियन्त्रणमा लिएर सुरहि खोलामा नष्ट गरेको हो ।

भारतबाट कुखुरा चल्ला ल्याउन प्रतिबन्ध लगाएको भएपनि सस्तो मूल्यमा पाइने भएकोले अवैध रुपमा ल्याउने गरिएको छ । अवैध चल्लाको मूल्य १ लाख ३५ हजार रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।