images

नेप्से परिसूचक दोहोरो अंकको गिरावट, एक अर्ब बढिको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भएको छ ।