images

स्थिर ब्याजदरमा मात्र ऋण लिन राष्ट्र बैंकको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बारे बुझेर मात्र ऋण लिन आग्रह गरेको छ ।

पछिल्लो समय ब्याजदरको विषयलाई लिएर ऋणीहरुले चरम असन्तुष्टि व्यक्त गरेपछि मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ब्याजदरबारे पूर्ण जानकारी राखेरमात्रै कर्जा लिन भनेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा ब्याज र आम्दानीमा तालमेल नभएमा समस्या आउन सक्छ, निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामन्जस्यता हुन नसक्ने जारी सूचनामा भनिएको छ ।

कर्जा भुक्तानीमा समस्या हुनसक्ने अवस्थालाई ध्यान दिँदै व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरिएको जनाइएको छ । ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेरमात्र लगानी गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध विभिन्न संघसंस्थाहरु आन्दोलित छन् ।