images

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि तेजाबी सुनको मूल्य यही कायम थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ कायम छ ।