images

सांसद भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, उपचारबारे आफैंले जानकारीलिन थाले

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

उनलाई मुखबाटै खाना खुवाउन थालिएको छ । सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् ।

उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न दिएको छैन । सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

गत बुधबार राति शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो ।

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरमा निधन भएको थियो ।