images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीवार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको थियो ।