images

राष्ट्रपतिमा काँग्रेसलाई अन्य दलको पनि समर्थन छ : डा.महत

काठमाडौं । नेपाली कांंग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सघाउने कुरामा प्रधानमन्त्री सकारात्मक भएको बताए ।

डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरे । सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँंग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन भन्ने अपेक्षा राखेको पनि बताए ।

उनले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दलहरु पनि सकारात्मक रहेको उल्लेख गरे ।

सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए ।