images

कांग्रेसले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने, १ बजे मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ ।

आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

पौडेल यसअघि सभामुख बनिसकेका छन् । यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।

पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।