images

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल कतार जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन शुक्रबार कतार जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने छन् ।

उक्त सम्मेलनमा प्रधानमन्त्री सहित पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् ।

प्रधानमन्त्री प्रचण्ड २२ गतेपछि नेपाल फर्किने कार्यक्रम तग भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।