images

राप्रपाले तत्काल प्रदेश १ मा सरकार नछाड्ने

काठमाडौं । राप्रपाले प्रदेश १ मा सरकार नछाड्ने भएको छ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरे पनि प्रदेश १ मा सरकारबाट तत्काल नबाहिरिने भएको हो ।

कांग्रेससहितको आठ दलबीच नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए। अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए।