
काठमाडौं । १६ किलो चरेशसहित कपिलवस्तुको शिवराज नगरपालिकामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं.९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका प्रहरीले जनाएको छ ।
घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटगएको प्रहरी अधिकृतको टोलीले उनलाई पक्रेको हो ।
घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेश फेला पारेको प्रहरीले जनाएको छ ।