images

एमाले अध्यक्ष ओलीले दिए प्रधानमन्त्री दाहाललाई बिरालोको संज्ञा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नु गरेका छन् ।

अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गरे ।

ओलीले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा तथा देश र जनताको पक्षमा काम गर्न खोज्दा आफू र आफ्नो पार्टी खेदिएको पनि बताए ।

त्यस अवसरमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपतिका कारण मात्र सम्भव भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएको अध्यक्ष ओलीले बताए । प्रधानमन्त्री दाहालले सहिद, घाईते परिवारलाई समेत धोका दिएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालद्वारा बेवास्तामा परेका जनयुद्धका घाईतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने बताए । नेकपा एमालेले हेल्थ डेस्कनै राखेर उनीहरुलाई सकेको उपचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।