
काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने र सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिने निर्णय गरेको हो ।
नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको एक नेताले बताए ।