images

सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ८९ करोडको कारोबार

काठमाण्डौं । कारोबार अवधिभरको उतारचढावपछि आज सोमवार शेयर बजार सामान्य घटेको छ ।

दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा हिजो भन्दा तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा रोकिएको छ ।

आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । होटल र पर्यटन, व्यापार र अन्य समूहको शेयर भने दोहोरो अङ्कले बढेको छ । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज राप्ति हाइड्रो पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।