images

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार २५५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।